आतङ्कमा हराएको जुनकीरी


December 23, 2011 2:38 pm
Nabayug

भर्खर चाडबाड सकिएका छन् । टाढा गएकाहरू घर आएर पनि काममा फर्किसकेका छन् । तर, स्याङ्जाको चापाकोटकी इन्दिरा विश्वकर्माका उदास आ“खाले बाटो हेर्न छोडेका छैनन् । छेउमै बगिरहेको कालीगण्डकीलाई बिर्साउने गरी ०५८ कात्तिक १७ यता उनका आ“खाबाट बग्न थालेका आ“सु अझै रित्तिसकेका छैनन् । उनलाई त्यो दिन सम्झिन पनि मन लाग्दैन । तर, १० वर्षयता त्यो दिन नसम्झी कुनै दिन बितेको उनलाई सम्झना छैन । बितोस् पनि कसरी † एउटी महिलाले आफ्नै आ“खाअगाडिबाट आफ्नो श्रीमान्लाई जबर्जस्ती लिइएको र क्षतविक्षत शरीर देख्नुपर्दाको पीडा कसरी भुल्न सक्छिन् † ‘मलाई दिन पनि रात भएको छ’, आ“खाका डिल भिजाउ“दै इन्दिरा भन्छिन्, ‘जीवनमा यस्तो क्षण पनि आउला भन्ने कल्पना थिएन“ ।’ राती आफ्नै आ“गनमा छिमेकीस“ग कुराकानी गरिरहेको बेला माओवादी कार्यकर्ताको एक हुलले शिक्षक गुप्तबहादुर विश्वकर्मालाई अपहरण गरी दुई घन्टाको बाटो हि“डाएर कुवाकोट गाविसको बोटेटारमा लगेर क्षतविक्षत पारेको थियो ।


०६८ कात्तिक २० गते बिहान कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाललगायत हामी त्यही आ“गनमा पुग्नुअगावै आफन्तको भीड जम्मा भइसकेको थियो । छुवाछूत र त्यही कारणबाट उत्पन्न भेदभाव व्याप्त रहेको समाजमा गुप्तबहादुर सा“च्चै एक जुनकीरी रहेछन् । उनको प्रसङ्ग निस्कनासाथ वर्णन गर्न आतुर मुखहरूले उनको त्यही छविलाई उजागर गरिरहेका थिए । दलित समुदायको व्यक्ति शिक्षक हुनु आफै“मा सजिलो थिएन । त्यसमा पनि उनी विज्ञान शिक्षक थिए । चापाकोट मात्र होइन, छेउको कुवाकोट, रत्नपुर र सा“खरमा समेत गुप्त उत्तिकै लोकप्रिय रहेछन् । उनको ‘अपराध’ भनौ“ वा दुर्भाग्य, उनी कसैस“ग झुक्दा रहेनछन् । माओवादीले मागे जति चन्दा आफू पनि दि“दा रहेनछन् र अरूलाई पनि ‘चन्दा भनेको स्वेच्छिक हो, जबर्जस्ती हु“दैन’ भन्दा रहेछन् । यही सन्देश दिनु नै उनको इहलीला समाप्तिको कारण बनेको रहेछ।


त्यतिबेलाको त्रास सम्झि“दा अहिले पनि मानिसहरूको आङ सिरिङ्ग हुन्छ । ६५ वर्षीय दामोदर सुवेदीका अनुसार, ‘गाउ“मा टोपी लगाउने औंलामा गन्न सकिने’ थिए । राती गुप्तलाई अपहरण गरेपछि अलि–अलि भएका पनि कोही गल्याङतिर लागे, कोही सदरमुकामतिर भागे, कोही बीचको बाटो हु“दै तनहु“ पुगे, कोही कालीगण्डकी तरेर रामपुर हु“दै तानसेन हानिए । उनको यस वर्णनले त्यतिबेलाको आतङ्क कस्तो थियो भन्ने अनुमान गर्न सकिन्छ । एक–कान दुई कान हु“दै अपहरणको खबर आइपुग्दा सुवेदी आफ्नै घरमा बसिरहेका थिए । राजनीतिक विचार मिल्ने भएका कारण गुप्तस“ग निकटता राख्ने सुवेदीले उनलाई अपहरणपछि बोटेटार पु¥याइएको खबर पाएछन् । ‘म चुप लागेर बस्न सकिन“, त्यसै–त्यसै छटपटी भयो’, सुवेदी सम्झिन्छन्, ‘अनि जे त होला भनेर त्यतै हानिए“ ।’ उनी थप आतङ्कित त्यतिबेला बनेछन्, जब गुप्तको लासका अगाडि उनकै बृद्ध बुबा मात्रै रोइरहेका भेटिए । ‘छोराको लास हेरेर उहा“ दाइ मात्रै रोइरहनुभएको थियो’, गुप्तबहादुरका पिता उमाखर विश्वकर्मातिर देखाउ“दै उनी सम्झिन्छन्, ‘त्यतिबेला मैले मन थाम्न सकिन“ ।’ कस्तो विडम्बना, मानिस मरेका ठाउ“मा पनि कोही आउन तयार छैन † त्यतिबेला सबै मानिस आतङ्कको तुवा“लोभित्र त्यसै–त्यसै हराइरहेका थिए । गुप्तबहादुर त जीवित थिएनन् तर जीवित भएकाहरू पनि आतङ्कको छाया“मुनि जिउ“दै मरेसरह मौन थिए । मानवीय संवदेना यत्तिकै हराएको थिएन, उनीहरूको बोली बन्द गराइएको थियो, आवागमनमा प्रतिबन्ध लगाइएको थियो र प्रत्येकलाई ‘गुप्तबहादुर बनाइने’ सन्देश दिइएको थियो ।


केही छिनपछि पुतलीबजारबाट एक गाडी प्रहरी घटनास्थलमा आइपुग्दा गुप्तका काकालगायतका चार–पा“च जना जम्मा भएका थिए । कतिबेला कहा“ एम्बुसमा परिन्छ भनेर आफै“ असुरक्षित हु“दै आएका प्रहरीले उनीहरूलाई भने, ‘लास पोस्टमार्टमका लागि गल्याङ लैजानुपर्दछ ।’ तर, गाउ“लेहरू सहाराविहीन थिए । २२ किलोमिटर लामो बाटो बोकेर लैजान सम्भव थिएन, बस चलेका थिएनन् । यसभन्दा पनि अर्को समस्या थियो– जुन साधनमा उनलाई लिइन्थ्यो, त्यो साधन या ‘कब्जा’ हुने थियो, या त ध्वस्त । तर, दामोदर सुवेदीले हिम्मत हारेनन् । उनीस“ग निजी ट्र्याक्टर थियो । चालकलाई हतार–हतार बोलाउन पठाए र त्यसैमा लास हाल्न तयार भए । तर, चालकले मानेनन् । ‘बा, तपाईंको ट्याक्टर पनि जलाउ“छन्, मलाई पनि जलाउ“छन्’– चालकको भनाइ सम्झि“दै उनी थप्छन्– ‘त्यसैले बरु बिग्रेको छ भनिदिऔ“ ।’ तर, सुवेदीले मानेनन् । ‘तिमीलाई केही हु“दैन बाबु, तिमी जागिरे हौ’– उनले ढाडस दिए, ‘केही गरे भने मलाई गर्छन्, परेको म बेहोरु“ला ।’
जब भोलिपल्ट राम्दी खोलामा गुप्तको शब चितामा राखियो, तब त्यहा“ नरुने कोही भएनन् । मानिसहरूले नरकको कथा सुनेका थिए“– मानिसहरूलाई जिउ“दै जलाएको, तेलको कराहीमा धकेलेको, झिरले रोपेको, जिब्रो थुतेको † तर, आज त्यहीमध्येको एउटा दृश्य उनीहरूले आफ्नै आ“खा अगाडि देख्नुपरेको थियो । गुप्तका कुनै पनि अङ्ग सग्ला थिएनन्, जताततै बर्मा (काठ छेड्ने फलामको तिखो रड) ले रोपिएको थियो, शरीरबाट मासु काटिएको थियो, हात–खुट्टा भा“चिएको थियो । ‘त्यतिबेलाको कुरै नगरम्’– गला अबरुद्ध पार्दै इन्दिरा सम्झिन्छन्– ‘मार्नु नै थियो भने पनि गोली हानेर मारिदिएको भए कम्तीमा त्यति दुख्ने थिएन होला । तर, त्यसो पनि गरेनन् ।’ प्रत्यक्षदर्शीले पछि बताएअनुसार, गुप्तलाई बा“धेर लडाएपछि ढुङ्गामाथि खुट्टा राखेर माथिबाट बञ्चरोले हानिएको रहेछ । उनका हड्डी पनि धुजाधुजा भएका थिए । ‘उहा“ले सास छोड्ने बेलामा पनि पानी–पानी भन्नुभएको रहेछ’– इन्दिरा भन्छिन्– ‘तर दिएनछन् ।’


इन्दिराको एउटा सुन्दर फूलबारी एकाएक उजाड भएको छ । शिक्षण पेसा आफै“मा सम्मानित छ । त्यसमा पनि विज्ञान शिक्षक भनेपछि गुप्तको जताततै हाइहाइ थियो । अन्यत्र निकै हेपिने दलितहरू चापाकोटमा शिर ठाडो पारेर हि“ड्ने अवस्था बनाउनमा गुप्तको निकै ठूलो योगदान रहेछ । चिटिक्क परेको घर, पढ्दै गरेका छोरा–छोरी, नियमित आम्दानी अनि सामाजिक प्रतिष्ठा † एउटा आम मानिसका लागि यसभन्दा बढी खुसी र सम्पन्नता अरू के हुन्छ र ? तर, त्यस दिनयता उनको परिवार ठूलो तनाव र अभावमा छ । बृद्ध बुबा उमाखर र आमा केशरीले आफ्ना छोराको विभत्स हत्या देख्नुप¥यो, छोरा प्रदीप, वसन्त र सुदीपले निरपराधी बुबाले अकालमा ज्यान गुमाएको सहनुप¥यो । इन्दिराको त कुरै भएन । उनीस“ग एक घन्टा बस्दा र उनको अनुहार पढ्दा ‘गुप्तजीलाई मार्दा तपाईंलाई कस्तो लाग्यो ?’ भन्ने मूर्खतापूर्ण प्रश्न सोध्ने हिम्मत आएन ।
गुप्त मारिनुमा अरू कुनै कारण थिएन, माओवादीले उनलाई आफ्नो मुख्य अवरोध ठानेका थिए । अन्यत्रका दलितलाई अनेक रङ्गीबिरङ्गी सपना देखाएर आफूतिर ताने पनि चापाकोटका दलितहरू त्यस्तो भुलभुलैयाबाट परै थिए । एक कारण थिए– गुप्तबहादुर विश्वकर्मा । राजनीतिक आस्थाका हिसाबले उनी नेकपा (एमाले)स“ग आबद्ध थिए ।

र, उनको समुदाय आफ्नो रानो माहुरीका वरिपरि गोलबन्द थियो । ‘हामीले ०४९ र ०५४ का दुवै स्थानीय निर्वाचनमा आठ नम्बर वडाबाहेक सबै जितेका थियौ“’, एमालेका गाउ“ कमिटी अध्यक्ष नारदभक्त भण्डारी भन्छन्, ‘जस्तोसुकै आ“धीहुरीमा पनि हामी उभिन सकेका कारण नै हामीलाई यहा“ उनीहरूले तारो बनाएका हुन् ।’ त्यही दिन गुप्तस“गै गाउ“ कमिटीका उपसचिव शंकर भण्डारीलाई पनि उनीहरूले अपहरण गरेका थिए । उनका दुबै खुट्टा काम नलाग्ने गरी भा“चिदिएपछि अहिले उनी राजधानीमै अपाङ्ग जीवन बिताइरहेका छन् । चापाकोटका काङ्ग्रेसका धेरै कार्यकर्ता पहिल्यै पलायन भएका कारण त्यहा“ भौतिक क्षति बेहोर्नु नपरे पनि चिन्नेबासका मेघबहादुर बानिया“, बानेथोक देउरालीका देवबहादुर खबास, सेखामका विष्णु चन्द, रत्नपुरका बालकृष्ण भट्टराई, सेखामकै नेत्र भण्डारी र देवानसिंह रानाले माओवादीका हातबाट मृत्युवरण गरेका छन् ।


माओवादीले त्यतिबेला गाउ“मा राजनीतिक गतिविधिमा पूर्ण रोक लगाएका थिए । ‘सभा–समारोह आयोजना गर्नु त परै जाओस्, कोठामा भेला हुन र बैठक गर्नमा पनि बन्देज थियो’– शिक्षिका सरस्वती भट्टराई भन्छिन्– ‘पूजाआजाका निम्ता गर्न कसैको घरमा छि¥यो भने पनि पछि–पछि को हो, किन आएको हो, के भन्यो भनेर चियोचर्चो गर्न पुगिहाल्थे ।’ राजनीतिक दललाई बैठक कहा“ गर्ने भन्ने पनि उस्तै समस्या थियो । ‘इलाका कमिटीको बैठक नबसेको धेरै भइसकेको थियो’– एमालेका सचिव विष्णु भण्डारी भन्छन्– ‘बल्ल–बल्ल कमिटीको बहुमत जुट््ने स्थिति भए पनि कहा“ बस्ने भन्ने समस्या थियो ।’

गुप्तले अन्तिम बैठकमा भाग लिएको ठाउ“ देखाउ“दै उनी भन्छन्– ‘त्यतिबेला सरस्वती म्याडमले हिम्मत गरेर बैठक बस्नका लागि आफ्नो घरको यो कोठा दिनुभयो र हामीले बैठक ग¥यौ“ ।’ उहिले र अहिलेका माओवादी कार्यकर्ता देख्दा अचम्म लाग्छ । ‘यही समाजमा बस्नुपर्ने रहेछ, यही“ हि“डडुल गर्नुपर्ने रहेछ, यिनै स्कुल चाहिने रहेछन्’– एमाले स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली भन्छन्– ‘तर, हिजो उनीहरूले गर्नु गरे ।’ सबभन्दा दुःखको कुरा, गुप्तलाई अपहरण गरेर लैजाने र हत्या गर्नेहरू पनि निस्फिक्री गाउ“घरमै घुमिरहेको देख्दा सबैको मन पोलिरहेको छ । ‘यस्तो पनि हु“दोरहेछ’– इन्दिरा भन्छिन्– ‘उनीहरूमाथि कुनै कारबाही भएन ।’ एकीकृत कालीगण्डकी विकास समितिद्वारा गत साता चापाकोटमा आयोजित कालीगण्डकी राष्ट्रिय नदी महोत्सव उद्घाटनका क्रममा पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गुप्तलाई नसम्झी रहन सकेनन् । मञ्चमा बसिरहेका माओवादी नेताहरूका सामु उनले प्रश्न गरे– ‘गुप्तबहादुर विश्वकर्मा जस्ता होनहार शिक्षकको हत्या गरेर तपाईंहरूले के पाउनुभयो ? समाजका यस्ता अगुवाहरूको हत्याको पीडाले अहिले तपाईंहरूलाई पोल्छ कि पोल्दैन ?’ सम्भवतः पोल्दैन होला । पोल्ने भए ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको सर्वोच्च अदालतबाट प्रमाणित भइसक्दा समेत बालकृष्ण ढुङ्गेललाई उन्मुक्ति दिलाउन प्रधानमन्त्री बाबुराम भट्टराईले किन सिफारिश गर्थे र ?


चापाकोटमा माओवादीले युद्धका बेला मरेका आफ्ना ४३ जना कार्यकर्ताको नाम, ठाउ“ र पद खुलाएर प्रवेशद्वार बनाएका छन् । तर, अरू र माओवादी कार्यकर्ताको मृत्युमा फरक के छ भने उनीहरू ‘मर्न’ वा ‘मार्न’ का लागि स्वेच्छाले लागेका हु्न् । तर, लडाइ“बाट निरपेक्ष बसिरहेका निहत्था मानिसलाई उनीहरूले निशाना बनाउन मिल्दैन । अहिले उनीहरूले गरेका ज्यादतीको कुरा निस्किनासाथ भन्छन्– ‘हाम्रा पनि कार्यकर्ता मारिएका छन् नि †’ यसलाई किमार्थ जायज मान्न सकि“दैन । एउटा समाजसेवी, शिक्षासेवी र राजनीति–सचेत व्यक्तिका रूपमा गुप्तबहादुर निर्माण गरेका बिम्बहरू क्रमशः विस्मृतिमा जालान् कि भन्ने चिन्ता छ स्थानीय बासिन्दालाई । ‘त्यसैले उनका नाममा कुनै प्रतिष्ठान खडा गरेर छात्रवृत्ति राख्न सकिन्छ कि भनेर लागिरहेका छौ“’, तीमध्येका एक अगुवा एकराज विश्वकर्मा भन्छन्– ‘सर्वदलीय सहमति गरेर चापाकोटमै अलिकति जग्गा लिने र क्रमशः अरू काम गर्दै जाने योजना बनाइरहेका छौ“ ।’


गुप्तबहादुर विश्वकर्माका बारेमा मैले त्यतिबेलै सुनेको थिए“, समाचार लेखेको थिए“ । तर, चापाकोट पुग्दा उनले छोडेका जुन छापहरू देख्न पाइयो, ती एक साधारण मानिसका असाधारण छाप थिए । गुप्तबहादुर कुनै ‘शोषक–सामन्त’ थिएनन्, कुनै ‘प्रतिक्रियावादी’ थिएनन्, कुनै ‘सुराकी’ थिएनन् । उनी थिए– स्वाभिमानका साथ शिर ठाडो पारेर समाजमा जीउन खोजिरहेका एक शिक्षित नागरिक, इतिहासदेखि थिचि“दै–मिचि“दै आएका दलितहरूलाई बाटो देखाउने एक जुनकीरी, पेसाका हिसाबले शिक्षक, वर्गका आधारमा एक सर्वहारा † तर, उनले आफ्नो आयु जिउन पाएनन्, स्वाभाविक मृत्युवरण गर्न पाएनन् । उनी अरू कसैबाट होइन, आफूलाई दलितका ‘मुक्तिदाता’ दाबी गर्नेहरूकै हातबाट मारिए, आफूलाई सर्वहाराका सच्चा प्रतिनिधि बताउनेहरूबाटै समाप्त पारिए ।
गुप्तबहादुर विश्वकर्माको आ“गनमा उभि“दा मैले यति मात्र भन्न सके“– आतङ्कले चु“डेको लालीगुरा“सलाई सलाम †

– नवयुग, पुस २०६८