उत्तर कोरिया, समाजवाद र प्रश्नहरू
किम जङ इल उत्तर कोरियाका राष्ट्रपति थिएनन्, न त प्रधानमन्त्री नै थिए । समाजवादी मुलुकमा राजा हुने कुरै भएन । तर, उनी यी सबैभन्दा माथि थिए । सत्तारुढ कोरियाली श्रमिक पार्टीका महासचिव, जनमुक्ति सेनाका सर्वोच्च कमान्डर र केन्द्रीय सैन्य आयोगका अध्यक्षबाहेक राज्यका औपचारिक ओहोदामा नभए पनि सन् १९९४ मा पिता किम इल सुङको निधन भएपछि सुरु भएको उनको शासन २०११ डिसेम्बर १७ मा निधन नहु“दासम्म एकछत्र जारी रह्यो । राजकीय मामिलामा नागरिक पहु“च अत्यन्तै न्यून रहेको उत्तर कोरियामा उनको निधन भएको समाचार थाहा पाउन नागरिकले दुई दिन कुर्नुप¥यो । डिसेम्बर १९ को दिउ“सो कालो पोशाकमा टेलिभिजनमा महिला समाचारवाचिकाले रु“दै समाचार वाचन नगर्दासम्म आम उत्तरकोरियालीलाई यस्तो विपत्ति छिट्टै आउला भन्ने अनुमान थिएन ।
किनभने, ६९ वर्षीय किम जङ इलको गिर्दो स्वास्थ्यका बारेमा उत्तर कोरियालीहरूलाई केही थाहा थिएन । बरु विदेशी सञ्चारमाध्यहरूले बेला–बेलामा उनी मुटुका रोगी रहेको समाचार प्रसारण गरिरहेका थिए । त्यसपछि कोरियामा लगातार आ“शुको भेल बग्यो । १० दिनसम्म मनाइएको राष्ट्रिय शोकका क्रममा सिङ्गो देश रोयो, सडक आ“शुले भिजे । जस्तोसुकै भए पनि कम्युनिस्टको नाम सुन्नासाथ पश्चिमा सञ्चारमाध्यम कति पूर्वाग्रही हुन्छन् भन्ने उदाहरण यसबाट पनि देख्न सकिन्छ– उनीहरूका लागि त्यो शोक भएन, ‘मास हिस्टेरिया’ भयो र उनीहरूका आ“खाबाट बगेको आ“शु भएन, ‘ग्लिसिरिन’ ठहरियो । आखिर जनता किन यसरी रोए ? मुख्य कारण हो– नेताको अभावमा उनीहरूले आफूलाई असुरक्षित महसुस गरे । इमेल, इन्टरनेट, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सबै बाहिरी सञ्चारबाट पूर्ण रुपमा अलग रहेका कोरियालीहरूलाई आशङ्का छ– आफूमाथि कुनै पनि बेला हमला हुन सक्छ । छेउमै दक्षिण कोरियामा आफै“लाई ताकेर बसिरहेका २८ हजार अमेरिकी सैनिक, आफूमाथि पहिला उपनिवेश चलाएको जापान र अमेरिकाको आ“खाको नानी बनेको ‘शत्रु’ दक्षिण कोरियाबाट आफ्नो मुलुकको भविष्यमाथि धावा बोल्ने प्रयास भइरहेकोबारे उनीहरू जानकार छन् । यही कारण हुन सक्छ– उनीहरू आफ्ना नेताको निधनमा यति धेरै विह्वल भए ।
समाजवादी मोडल ?
उत्तर कोरिया विश्वका पा“चवटा मात्र समाजवादी मुलुकमध्ये एक हो, जहा“ क्रान्तिबाट स्थापित समाजवादी शासन छ । एशियाकै चीन, भियतनाम र लाओस अनि ल्याटिन अमेरिकी क्युबाभन्दा पनि कडा मानिने उत्तर कोरिया यी सबैभन्दा फरक हुनुको अर्को एउटा पनि कारण छ । त्यो हो– यहा“को शासनशैली कम्युनिस्ट पार्टीका आधारभूत सिद्धान्त, मान्यता र प्रचलनहरूभन्दा भिन्न छ । ६४ वर्ष बितिसक्दा पनि त्यहा“ एउटै परिवारले सत्ताको नेतृत्व गरेको छ । किम इल सुङ उत्तर कोरियाका भाग्यविधाता नै हुन्, जसले पार्टी बनाए, सेना बनाए, जापानी साम्राज्यवादस“ग लडे र एउटा स्वतन्त्र देश रचना गरे । सन् १९४८ मा जापानलाई धपाएर समाजवादी उत्तर कोरिया स्थापना गर्दा उनी माओभन्दा पनि अघि थिए । तर, आज त्यो मुलुक सम्पूर्ण रुपले आफूले भन्दा एक वर्षपछि अर्थात् सन् १९४९ मा क्रान्ति सम्पन्न गरेको चीनमा निर्भर छ ।
यो ध्रुवसत्य कुरा हो– समाजवादको एउटा मात्र मोडल हुन सक्दैन । एउटै देश र उही पार्टीले पनि समयअनुसार आफूलाई अद्यावधिक गर्दछन् । आज चीनमै माओकालीन चीन छैन । हो चि मिन्हले स्थापना गरेको भियतनाम र आजको भियतनाममा आकाश–पाताल फरक छ । फिडेल क्यास्ट्रोले नेतृत्व गरेको क्युबाभन्दा अहिले राहुल क्यास्ट्रोले नेतृत्व गरेको क्युबा भिन्न छ । तर, कम्युनिस्ट आन्दोलनमा जुछे (आत्मनिर्भर) विचारधारा थप्ने किम इल सुङको मुलुकमा छोरा र छोरापछि नातिलाई सत्ताको बागडोर सम्हाल्ने गरी जुन प्रणाली विकास गरियो, त्यसैले आज उत्तर कोरियालाई विश्वको एउटा अविकसित, पछौटे, बन्द र भोकमरीग्रस्त मुलुक बनाएको छ भन्दा अन्याय हु“दैन । जननेता मदन भण्डारीले भन्नुभएको छ– ‘जीवन सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हुनुपर्दछ ।’ विश्व कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दा हामीले प्रश्न गर्नैपर्दछ– उत्तर कोरियाको समाजवाद जीवनका लागि भयो कि जीवन समाजवादका लागि भयो ?
नेतृत्व स्थापनाको प्रश्न कम्युनिस्ट पार्टीमा नेतृत्व स्थापित र निर्वाचित गर्ने आ–आफ्नै शैलीहरू हुन्छन् । संसारका कम्युनिस्ट पार्टीहरू हेर्दा आगामी नेतृत्वमा को आउ“छ भन्ने करिब–करिब अनुमान लगाउन सकिन्छ । अझ समाजवादको नमुना बनिरहेको चीनमा अबको १० वर्षपछि को नेतृत्वमा आउ“छ भन्ने रुपरेखा पहिल्यै थाहा हुन थालेको छ । सन् १९७६ मा माओको निधनपछि शक्तिमा आएका देङ स्याओ पिङले स्थापना गरेको यस परिपाटीअन्तर्गत यसै वर्ष चीनको चौथो पुस्ताले पूरै बिदा लि“दैछ र पा“चौ“ पुस्ताको नया“ नेतृत्व आउदैछ ।
तर, छेवैको उत्तर कोरियामा भने यस्ता सब परम्परा र अभ्यासहरूविपरीत किम जङ इलका छोरा किम जङ युनलाई मुलुकको बागडोर सुम्पिएको छ । २८ वर्ष वरिपरि रहेका यी युवाले कम्युनिस्ट पार्टीको कुनै कमिटीमा काम गरेको यसअघि सार्वजनिक भएको थिएन । तर, एकाएक सन् २०१० को सेप्टेम्बरमा जब उनलाई उत्तर कोरियाली केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष र चारतारे जनरल बनाइयो, तब सबैले अनुमान गरिसकेका थिए– हजुरबुबाले स्थापना गरेको मुलुकको नेतृत्व २१ औ“ शताब्दीमा उस्तै जीउडाल र अनुहारका नातिले गर्ने भएछन् † त्यो अनुमान गलत सावित भएन र किम जङ इलको निधन हुनासाथ शोक मनाउन बनाइएको कमिटीमा ओहदा नखुलाई एक नम्बरमा उनको नाम राखियो । त्यसपछि क्रमशः सरकारी सञ्चारमाध्यमहरूमा ‘महान् उत्तराधिकारी’ भन्दै उनको नाम प्रचारमा ल्याइयो, विदेशी सरकारहरूलाई उनका नाममा समवदेना पत्र पठाउन लगाइयो र अहिले उनलाई ‘कोरियाली श्रमिक पार्टी, सरकार र सेनाका सर्वोच्च नेता’ घोषणा गरिएको छ । स्वीटजरल्यान्डमा दूतावासको चालकका छोराका रुपमा शिक्षा हासिल गरेका युनले २ करोड ४० लाख जनसंख्या भएको प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको नेतृत्व सम्हालेका छन् ।
कान्छालाई मौका ‘सेक्रेटिभ फस्र्ट फ्यामिली’ शीर्षकमा ‘बीबीसी’ले आफ्नो वेबसाइटमा राखेको विवरण अनुसार, किम जङ इलका चार श्रीमतीमध्ये युन तेस्रो श्रीमतीको योङ हुईतर्फका दोस्रो छोरा हुन् । पहिली श्रीमती सुङ हाई रिमतर्फका छोरा किम जङ नामलाई विगतमा उत्तराधिकारीका रुपमा चर्चा गरिए पनि उनी अहिले देशमा छैनन्, चीनको मकाउमा बस्छन् । नामले आफ्ना सौतेनी भाइलाई उत्तराधिकारी बनाइएकोमा छोटो तर अर्थपूर्ण प्रतिक्रिया दिएका छन्, ‘अध्यक्ष माओले पनि यस्तो गर्नुभएको थिएन ।’ जापानी नागरिक केन्जी फुजिमोतोद्वारा लिखित ‘म किम जङ इलको भान्से थिए“’ पुस्तकमा उल्लेख भएअनुसार युन सानैदेखि परिवारका अत्यन्त प्रिय बालक थिए, जसलाई उनकी आमाले ‘राइजिङ स्टार किङ’ उपनाम दिएकी थिइन् । र, अहिले त्यो सत्य सावित भएको छ ।
अहिले उत्तर कोरियाको बाहिरी विश्वस“ग सम्पर्क हुने एक मात्र माध्यम कोरियाली केन्द्रीय न्युज एजेन्सी, पार्टीको मुखपत्र ‘रोडोन सिम्बोन’ र टेलिभिजनमा लगातार रुपमा ‘सर्वोच्च नेता’ किम जङ युनको ‘बहादुरी’, ‘बौद्धिकता’ र ‘तीक्ष्णता’का बारेमा सामग्रीहरू प्रसारण भइरहेका छन् । यसअघि नै छापिएर राखिएका उनका एक करोड तस्वीरहरू देशैभरि बा“डिएको छ र ठाउ“–ठाउ“मा प्रतिमाहरू बनाउन सुरु गरिएको छ ।
आणविक सुरक्षा संसारको राजनीतिमा उत्तर कोरियाको नाम बारम्बार आउनुका पछाडि एउटै कारण छ– ऊस“ग आणविक हतियार छ र यसको उत्पादन जारी छ । यही आधारमा अमेरिकी तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले सन् २००१ मा उसलाई ‘एक्सिस अफ इभिल’ उपमा दिएका थिए । पहिला–पहिला आणविक हतियार नभएको जिकिर गर्दै आएको उत्तर कोरियाले पछिल्ला दिनमा यो कुरा स्वीकार गरेको छ र यस सम्बन्धमा छलफल गर्न बेला–बेलामा चीन, अमेरिका, जापान, रुस, उत्तर कोरिया र दक्षिण कोरिया सम्मिलित ‘सिक्स पार्टी’ बैठक आयोजना हुने गर्दछ । ०६८ बैशाखमा उत्तर तथा दक्षिणको सीमा पनामजोम पुग्दा एक सैनिक अधिकारीले लिबियामाथि पश्चिमा मुलुकहरूले गरेको आक्रमणको सन्दर्भ निकाल्दै भनेका थिए– ‘आज लिबियास“ग आणविक हतियार भएको भए यसरी विदेशी आक्रमण भोग्नुपर्ने थिएन । हामीमाथि आक्रमण भयो भने टोकियो (जापानको राजधानी) र सियोल (दक्षिण कोरियाको राजधानी) पा“च मिनेटमै उडाइदिन सक्छौ“ ।’ जतिसुकै अप्रिय भए पनि एउटा यथार्थ स्वीकार गर्नैपर्दछ, आज उत्तर कोरियालाई विदेशी आक्रमणबाट कसैले बचाएका छन् भने ती दुईटा तत्व हुन्, पहिलो चीन र दोस्रो ऊस“ग भएको आणविक हतियार ।
पितृभूमिप्रति समर्पण उत्तर कोरियाली जनतामा देखापरेको सबैभन्दा राम्रो पक्ष राष्ट्रभक्ति हो । छेउमै दक्षिण कोरियाको भूमिमा बसेको अमेरिकी सेनास“ग कुनै पनि बेला लड्नुपर्दछ भनेर त्यहा“को नेतृत्वले जनतालाई पूर्ण रुपमा प्रशिक्षित गरेको छ । हो, उनीहरूले पूरा पेट खान पाएका छैनन् होला, मनपरेको लुगा लगाउन पाएका छैनन् होला तर आफ्नो पितृभूमि (अन्यत्रझै“ त्यहा“ आफ्नो मुलुकलाई मातृभूमि भनि“दैन)का लागि ज्यान दिन तयार छन् । विश्वको पा“चौ“ ठूलो सैन्य शक्तिलाई पहिलो प्राथमिकता दिने गरी किम जङ इलले अघि सारेको ‘सङ्गुन’ अर्थात् ‘आर्मी फस्र्ट’ को नीतिअनुसार उत्तर कोरियामा करिब–करिब सबैतिर सेना नै अग्रपंक्तिमा छ ।
के परिवार राजनीतिमा लाग्नुहु“दैन ? कुनै नेता राजनीतिमा लागेको छ भने उसको परिवारले त्यता फर्केर पनि हेर्नुहु“दैन भन्ने होइन । लोकतान्त्रिक भनिने मुलुकमा पनि परिवारका सदस्यहरूले वर्षौंदेखि शासनसत्ता चलाइरहेका उदाहरण हामी देख्छौ“ । अमेरिकामै जर्ज बुसका छोरा जर्ज डब्लु बुस बाबुझै“ राष्ट्रपति भए भने बिल क्लिन्टनकी पत्नी हिलारी राष्ट्रपतिको उम्मेदवार हु“दै विदेशमन्त्री छन् । अझ एसियाको राजनीति हेर्ने हो भने इन्डोनेसियाका राष्ट्रपति सुकार्नोकी छोरी मेघावती, फिलिपिन्सका राष्ट्रपति डिस्डाडो माकापागलकी छोरी ग्लोरिया आरोयो माकापागल, पाकिस्तानी राष्ट्रपति जुल्फिकार अलि भुट्टोकी छोरी बेनेजिर, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूकी छोरी इन्दिरा गान्धी र उनका छोरा राजीव, श्रीलङ्काका प्रधानमन्त्रीद्वय सोलोमन बन्दरानायके र श्रीमाओ बन्दरानायके तथा छोरी चन्द्रिका कुमारतुङ्गा, बङ्गलादेशमा संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी शेख हसिना वाजेदजस्ता संसारमै चिनिएका केही नाम छन्, जसले जनताको लोकप्रिय मतबाट शासन चलाएका छन् ।
तर, उत्तर कोरियामा यी सबैभन्दा फरक मोडलबाट सत्ता हस्तान्तरण भएका कारण नै बढी आलोचना भइरहेको छ । अझ किम जङ इललाई बीसौ“ वर्षदेखि जनतास“ग घुलमिल गराइएको र भावी नेतृत्वका लागि तयार पारिएकाले पचाउन त्यति गाह्रो परेन तर अहिले युनलाई भने एक वर्षको अन्तरालमा एकाएक सत्तामा ल्याइएका कारण बढी आलोचना बेहोर्नुपरिरहेको छ । किम जङ इलले अघिल्लो वर्ष चीन र रुसको भ्रमणमा जा“दा छोरा युनलाई साथमै लिएर गएबाट नै भावी उत्तराधिकारी यिनै हुन् भन्ने अनुमान सा“चो सावित हुन एक वर्ष पनि कुर्नुपरेन ।
राष्ट्रपति किम इल सुङ † उत्तर कोरियाका निर्माता किम इल सुङको निधन भएको १८ वर्ष पुग्न थालेको छ । तर, उत्तर कोरियाको सरकारी र आधिकारिक अभिलेखमा उनैलाई नै राष्ट्रपति भनिन्छ । उनको सम्मानमा उक्त पद खाली नै राखिएको छ । विदेशी राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने प्रयोजनका लागि किम नामलाई ‘अध्यक्षमण्डलको अध्यक्ष’ तोकिएको छ । त्यसबाहेक उनी, प्रधानमन्त्री वा मन्त्रीहरूको त्यहा“ कुनै महत्व छैन ।
पहिला किम इल सुङले राष्ट्रपतिका रुपमा प्रयोग गरेको कुमसुसान भवनलाई उनको निधनपछि स्मृति भवनमा रुपान्तरण गरिएको छ र उनको शव चीनमा माओ र भियतनाममा हो चि मिन्हको भन्दा पनि भव्य रुपमा सजाएर राखिएको छ । त्यहा“ मानिसहरूका लागि रुने अलग्गै कोठाको व्यवस्था गरिएको छ, जुन चीन र भियतनाममा छैन । उनको शव भएको ठाउ“मा पुग्न कम्तीमा एक किलोमिटरका विभिन्न खुड्किलाहरू पार गर्नुपर्दछ । अब किम जङ इलको शव पनि त्यही“ राखिनेछ । ‘प्योङयाङमा किम जङ इलको कार्यालय कहा“ छ ?’ भन्ने प्रश्नमा कोरियाली श्रमिक पार्टीका एक नेताले यस पङ्क्तिकारस“ग भनेका थिए– ‘हाम्रो सर्वोच्च नेता जहा“ जानुहुन्छ, त्यही कार्यालय हो । जब उहा“ रेलको यात्रा गर्नुहुन्छ, त्यतिबेला रेल नै कार्यालय हुन्छ । जब उहा“ किसानको घरमा पुग्नुहुन्छ, त्यतिबेला त्यही नै कार्यालय हुन्छ । जब उहा“ कारखाना निरीक्षण गर्न पुग्नुहुन्छ, त्यतिबेला त्यही नै कार्यालय हुन्छ ।’ उनको भनाइबाट के बुझ्न सकिन्थ्यो भने किम जङ इलको अलग्गै कार्यालय थिएन ।
किम इल सुङ एक विशिष्ट राजनीतिक व्यक्तित्व मात्र थिएनन्, उनी कला, साहित्य, सङ्गीत र खेलका पनि उत्तिकै मर्मज्ञ थिए भन्ने कुरा उनकै परिकल्पनामा बनेको राजधानी प्योङयाङका ठूला–ठूला नाट्यशाला, खेलकुद मैदान, कला प्रतिष्ठान र खुला ठाउ“हरूले देखाउ“छन् । तर, विडम्बना † ती सबैलाई किम इल सुङ र उनको परिवारकै नाममा समर्पित गरिएको छ । किम इल सुङ, उनी श्रीमती किम जङ सुक, छोरा किम जङ इल र अहिले नाति किम जङ युनको पानी चित्र, तैल चित्र, लकेट, प्रतिमा र मोज्याकहरू बनाउ“दैमा उत्तर कोरियाका कलाकारहरूको कपाल फुलिसकेको छ । गीत–सङ्गीत पनि उनैप्रति समर्पित छन्, नाटक पनि त्यस्तै छन् । सांस्कृतिक कार्यक्रम पनि भिन्न छैनन् ।
अन्तर्राष्ट्रिय रुपमा प्रचलित इस्वी संवत्बाहेक कतिपय देशमा आफ्नै संवत् भएझै“ उत्तर कोरियामा पनि नया“ संवत् चलाइएको छ– जुछे संवत् । किम इल सुङ जन्मेको सन् १९१२ लाई आधार मानेर मानेर गणना सुरु गरिएको उत्तर कोरियाली संवत् अहिले जुछे १०० मा चल्दैछ ।
चीनको आशा उत्तर कोरियालाई कुनै विदेशी मुलुकले शक्तिका भरमा दबाउन सकिन्छ वा त्यहा“ सुधार गर्न सकिन्छ भनेमा त्यो किमार्थ सम्भव छैन । त्यहा“ हालसम्म निर्माण भएको मनोविज्ञानबाट बुझ्न सकिन्छ– बरु उनीहरू मर्न तयार छन् तर पश्चिमाहरूका अघि ‘झुक्न’ तयार छैनन् । के त्यसो भए उत्तर कोरियामा सुधार सम्भव छैन त ? सम्भव र आवश्यक दुवै छ । तर, त्यो अरुको दबाबबाट होइन, चीनको प्रेरणाबाट बढी सम्भव हुनसक्छ । उत्तर कोरियाको सम्पूर्ण बजार चीनको नियन्त्रणमा छ । चिनिया“बाहेकका अरु विदेशी सामान त्यहा“को बजारमा पाइ“दैनन् । अर्थतन्त्रको ठूलो हिस्सा पनि चीनले नै धानिरहेको छ र त्यहा“को राजनीतिक व्यवस्थाका लागि पनि चीनको ठूलो भरथेग छ । पश्चिमा जगत्ले जतिसुकै सत्तोसराप र नकारात्मक चित्रण गरे पनि चीनले सधै“ उत्तर कोरियाप्रति हार्दिक व्यवहार देखाउ“दै आएको छ । किम जङ इलको निधनमा चिनिया“ सरकार, जनमुक्ति सेना र कम्युनिस्ट पार्टीले गहिरो शोक व्यक्त गर्दै वक्तव्य मात्र निकालेनन्, राष्ट्रपति तथा महासचिव हु जिन्ताओसहित नौ सदस्यीय स्थायी समितिका छ सदस्य शोक पुस्तिकामा हस्ताक्षर गर्न बेइजिङस्थित उत्तर कोरियाली दूताबासमा नै पुग्नु कुनै संयोग मात्र थिएन, त्यसको विशेष अर्थ र सङ्केत थियो ।
उत्तर कोरियामा जनता सङ्गठित छन्, राजनीतिक व्यवस्था स्थायी छ । तर, यतिले मात्र मुलुक बलियो हु“दोरहेनछ । आज विश्वमा चीनको जुन दबदबा छ, त्यसका पछाडि आर्थिक समृद्धि मुख्य कारण हो र आर्थिक विकासले राजनीतिक प्रणालीलाई पनि ओझेलमा पारेको छभन्दा फरक पर्दैन । चीन कम्युनिस्ट मुलुक हो । तर, उसले आज विदेशी लगानीलाई खुला गरेको छ र त्यहा“ बहुराष्ट्रिय कम्पनीहरूले खुलारुपमा नाफा कमाएर व्यापार गरिरहेका छन् । यसबाट चीनलाई घाटा होइन, फाइदा भइरहेको छ । चीनले आफ्नो बाटोमा आउनका लागि उत्तर कोरियालाई प्रेरित गर्नसक्छ । जसरी आफ्नो देशमा नेतृत्वको अवकाश र जिम्मेवारीसम्बन्धी प्रणाली बसालेको छ, त्यसका लागि छिमेकी उत्तर कोरियालाई पनि प्रोत्साहित गर्नसक्छ ।
– नवयुग, माघ २०६८