बल्ल जाग्दैछ अरब


March 23, 2011 3:03 pm
Nabayug

सन् १९९० को दशकलाई एकथरी सञ्चारमाध्यम, विश्लेषक र प्रचारकर्मीहरू ‘उथलपुथलकारी’ र ‘इतिहास बदल्ने’ समयका रूपमा चित्रित गर्छन् । किनभने, त्यस अवधिमा सोभियत सङ्घलगायतका पूर्वी युरोपमा समाजवादले धक्का खाएको थियो । तर, तिनीहरूका लागि अरब विश्व कहिल्यै टाउको दुखाइको विषय बनेन । अहिले अरबमा अपूर्व हावाहुण्डरी आएको छ । आन्दोलनको ज्वारभाटाले दशकौ“ पुराना दुईजना तानाशाहलाई ठेगान लगाएको छ भने अरू पनि त्यही ‘नियमित आकस्मिकता’ को प्रतीक्षा गर्न बाध्य छन् ।


ट्युनिसियाबाट सुुरु भएको आन्दोलनको ज्वाला त्यहा“का शासक विन अलीलाई समाप्त पारेर मात्र निभेन, त्यसले छिमेकी इजिप्टलाई समेत निर्णायक रूपमा लपेट्यो र ३० वर्ष पुराना तानाशाह होस्नी मुबारकलाई पनि त्यसैगरी समाप्त पा¥यो । स्वतन्त्रताको यो लालसा भूगोलका ती सीमाहरूमा मात्र सीमित भएन । लिबियामा ४१ वर्षदेखि निरन्तर शासन गरिरहेका कर्णेल मौमर गद्दाफी अहिले युद्धक विमानका भरमा त्यसलाई नियन्त्रण गर्ने प्रयास गर्दैछन् । ओमन, यमन, जोर्डन, मोरक्को, साउदी अरेविया, अल्जेरिया, र बहराइनमा आन्दोलन फैलिएको छ । कही“ राजनीतिक सुधारका सामान्य माग छन्, कही“ शासकलाई सत्ताबाट धपाउने प्रतिबद्धता छ । समग्रमा भन्दा मानिसहरूले मुक्त आकाश खोजेका छन् । लन्डन स्कुल अफ इकोनोमिक्सका मध्यपूर्वी राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी निर्देशक प्राध्यापक फावाज ए जर्ज भन्छन्– ‘वर्तमान क्रान्ति दाल, भात वा रोजगारीका लागि मात्र होइन, यो स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रताका लागि हो । बितेका ४० वर्षमा पहिलो पटक मध्य पूर्वका जनताले तिनीहरूको इतिहासको स्वामित्व लिन र तिनीहरूको भविष्य सुनिश्चित गर्न प्रयत्न गरिरहेका छन् ।


लिबियाः गद्दाफीको गद्दी डग्दैछ कर्णेल मौमर गद्दाफी लिबियाका राष्ट्रपति होइनन्, उनलाई प्रधानमन्त्री पनि भन्न मिल्दैन, न त उनी राजा नै हुन् । तर, उनी यी सबैभन्दा बलिया छन् । औचापरिक रूपमा कुनै पद ग्रहण नगरेका गद्दाफीको व्यक्तिगत सनक र पारिवारिक साम्राज्यमा लिबियाली जनता ४१ बर्षदेखि पिल्सिरहेका छन् । छिमेकी ट्युनिसिया र इजिप्टमा भएको लोमहर्षक आ“धीबेहरीबाट साहस बटुलेका लिबियालीहरू पहिलो पटक ज्यानको बाजी राखेर सडकमा निस्किएका छन् र जीवन–मरणको लडाइ“ लड्दैछन् । राजधानी त्रिपोलीपछिको दोस्रो ठूलो सहर बेन्घाजी उनीहरूको नियन्त्रणमा छ । मिस्राटामा उनीहरूको पकड छ ।


गद्दाफी जस्ता शासकहरूस“ग जनताका आवाज सुन्ने कान हु“दैनन्, जनताको प्रतिरोध हेर्ने आ“खा हु“दैनन् । यदि हुन्थे भने उनले आफ्नै जनतामाथि आकाशबाट बम बर्साउने थिएनन् । बन्द कोठाजस्ता बनाइको लिबियामा कति मानिस मरे, लेखाजोखा छैन । तर, कम्तीमा तीन हजार मानिसको ज्यान गइसकेका रिपार्टहरू सार्वजनिक भइरहेका छन् । तर, गद्दाफीका नजरमा ‘त्यहा“ कुनै आन्दोलन नै भएको छैन ।’
बीबीसीका जेरेमी बावेन र एबीसीका क्रिस्टियन अमौनपौरलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्– ‘सडकमा कुनै प्रदर्शन छैन । तपाईंले प्रदर्शन देख्नुभयो ?…कहा“ ?… तिनीहरू हाम्रा विरुद्धमा छैनन् । कुनै एक जना पनि हाम्रो विरुद्धमा छैन । केका लागि विरुद्धमा ? किनभने, म राष्ट्रपति होइन । तिनीहरू मलाई माया गर्छन् । सबै मेरा जनता मस“ग छन्, तिनीहरू सबै माया गर्छन् । मेरो सुरक्षा गर्न तिनीहरू, मेरा जनता मर्नेछन् ।’ पत्रकारहरूको ‘यदि तपाईंं तिनीहरू आफूलाई माया गर्छन् भन्नुहुन्छ भने तिनीहरूले बेन्घाजी कब्जा गरेका छन् र तपाईंका विरुद्ध छौ“ किन भनिरहेका छन् ?’ भन्ने प्रश्नमा उनी भन्छन्– ‘यो अलकायदा हो । तिनीहरू मेरा जनता होइनन् । तिनीहरू बाहिरबाट आएका हुन् ।’ जनतामाथिको यसभन्दा ठूलो अपमान के हुन सक्ला ?


आकाशमाथि प्रतिबन्ध गद्दाफीले प्रदर्शनीहरूमाथि लगातार गरिरहेको हवाइ आक्रमण रोक्नका लागि संयुक्त राष्ट्रसंघमार्फत लिबियाको आकाशमाथि उडान प्रतिबन्ध (नो फ्लाइ जोन) घोषणा गर्ने तयारी भइरहेको छ । बेलायत र फ्रान्सले अघि सारेको यस प्रस्तावलाई अहिले अरब मुलुकहरूको संगठन– अरब लिगले समर्थन गरेको छ । इजिप्टको राजधानी कायरोमा सम्पन्न २२ सदस्यीय लिगको विशेष बैठकले सिरिया र अल्जेरियाको विरोधका बाबजुद हवाइ उडान प्रतिबन्ध लगाउनका लागि राष्ट्रसंघलाई अनुरोध गर्ने निर्णय गरेको छ ।


युरोपेली युनियनले हवाइ उडानमा प्रतिबन्ध लगाउने तहको निर्णय नगरे पनि त्यस विकल्पलाई पनि खुल्ला राख्दै दमनको तीब्र विरोध गरेको छ। फ्रान्स र बेलायतले गद्दाफीको जोडदार विरोध गर्दै निरन्तर उक्त प्रस्ताव गरिरहेका छन् । विद्रोहीहरूले गठन गरेको लिबियाली राष्ट्रिय परिषद्लाई मान्यता दिन अन्तर्राष्ट्रिय समुदायमा छलफल सुरु भएको छ । राष्ट्रसंघीय सुुरक्षा परिषद्ले यसअघि नै लिबियामाथि नाकाबन्दी गर्नुका साथै गद्दाफी र उनका परिवारको विदेशमा भएको सम्पत्ति जफत गर्ने निर्णय गरिसकेको छ ।


विचित्र व्यवस्था लिबियामा दलीय व्यवस्था छैन । आफूलाई आफै“ ‘क्रान्तिकारी नेता’ ले सम्बोधन गर्ने गद्दाफीले लिबियालाई अचम्मको मुलुक बनाएका छन् । कुनै दिन सैनिक ‘कु’ होला भनेर सेनाको सङ्ख्या ४० हजारभन्दा बढी बनाइएको छैन । तालिम र हतियारका दृष्टिले पनि सेना निकै कमजोर छ । तर, उनले आफूप्रति प्रतिबद्धहरूलाई नेतृत्वमा राखेर अर्धसैन्य र छापामार दस्ता बनाएका छन्, जसको नियन्त्रणमा मुलुक छ ।


‘विशेष बाहिनी’ नाम दिइएका ‘क्रान्तिकारी समिति’ हरू नै गद्दाफीका मुख्य रक्षाकवच हुन् । गद्दाफीका छोरा हानिबालले नेतृत्व गरेका अर्धसैन्य बललाई आफ्नो नियन्त्रणबाहिर जान नदिनका लागि सरकारले ध्यान केन्द्रित गरिरहेको छ । यदि ती छापामारहरू आन्दोलनकारीहरूस“ग मिले भने लिबियामा छिट्टै परिणाम निस्किने विश्वास गरिन्छ ।


त्यसबाहेक गद्दाफीले आफ्नो सत्ता टिकाउनका लागि विदेशी सैनिकको सहायता पनि लिइरहेका छन् । भाडामा ल्याइएका अफ्रिकी सैनिकको बलमा गद्दाफीले लिबियालाई गृहयुद्धमा लैजाने तयारी गरेको आशङ्का गरिएको छ । त्यसका लागि उनले चाड र नाइजरबाट भाडामा सैनिक ल्याउने तयारी गरेका छन् । अमेरिकाका राष्ट्रिय जासुसी संस्थाका निर्देशक जेम्स क्ल्यापरले ‘लामो समयक्रममा लिबियाली तानाशाहले जित्ने’ अभिव्यक्ति दिनुले पनि त्यहा“ अझै चर्को रक्तपातको सम्भावनालाई चित्रित गरेको छ । विदेशी सैनिक हस्तक्षेप भएमा अन्तिम अवस्थासम्म लड्ने गद्दाफीको घोषणालाई अमेरिका चिरप्रतिद्वन्द्वी इरान र भेनेजुयलाले समर्थन जनाउनुले पनि स्थिति रक्तपाततर्फै जाने देखिन्छ ।


गद्दाफीको कालो विगत अविवाहित केटी मात्र अङ्गरक्षक राख्ने गद्दाफीले तत्कालीन राजा इद्रिसलाई रक्तपातविहीन सैनिक कुमार्फत सत्ताच्यूत गरी सन् १९६९ मा शासनभार आफ्नो हातमा लिएका थिए । त्यतिबेला २७ वर्षका गद्दाफीलाई अनौठो दर्शन बोकेको, उत्साही र बुद्धिमान युवाका रूपमा चिनिन्थ्यो । पछिल्लो समयमा लकर्बी बमकाण्डका कारण उनी पश्चिमी विश्वका प्रमुख तारो बनेका थिए । दुई श्रीमती र आठ सन्तानका धनी गद्दाफीले लगाउने पोसाक पनि अरूको भन्दा भिन्नै छ । बीबीसीका लिबिया विश्लेषक साद डिजेबार भन्छन्– ‘कुराकानीमा उनी भिन्न छन्, व्यवहारमा उनी भिन्न छन्, अभ्यासमा उनी भिन्न छन् र रणनीतिमा उनी भिन्न छन् ।’


गद्दाफीले ‘साम्यवाद र पु“जीवादलाई समायोजन गरेर त्यसका विकल्पमा इस्लामको दृष्टिकोणबाट आफ्नै प्रकारको घरेलु दर्शन विकास गरेको’ दाबी गर्दै त्यसलाई सन् १९७० मा ‘ग्रिन बुक’ का नाममा सार्वजनिक गरेका थिए । उनी अरब र अफ्रिकामा सबैभन्दा लामो समय सत्तामा रहेका शासक हुन् । यमनमा आगोअमेरिकाका बलिया समर्थका रूपमा चिनिने अलि अब्दुल्लाह सालेह सन् सैनिक ‘कु’ बाट १९७८ देखि सत्तामा रह“दै आएको यमनमा पनि पहिलो पटक जनता सडकमा निस्किएका छन् । पछिल्लो प्रदर्शनका क्रममा प्रहरीको आक्रमणबाट थप छ जना प्रदनर्शनकारीको मृत्यु भएपछि स्थिति क्रमशः सरकारको नियन्त्रणबाहिर जान थालेको विश्लेषण गरि“दैछ । आफै“ जनतामाथि दमनको आदेश दिएर आफै“ उनीहरूको ‘संरक्षणका लागि’ निर्देशन दिने सालेहले ट्युनिसिया र इजिप्टलगत्तै लगातार चुनौतीको सामना गरिरहेका छन् । लिबियाको तुलनामा यमनमा आन्दोलन शान्तिपूर्ण छ । सन् १९९० मा उत्तर र दक्षिण यमन एक हुनुअघिदेखि नै उत्तरी यमनका राष्ट्रपति रह“दै आएको सालेहले सन् १९९९ मा पहिलो पटक राष्ट्रपति निर्वाचन गराएका थिए । नाम मात्रको बहुदलीय व्यवस्थामा उनको जनरल पिपुल्स कंग्रेसको पूर्ण बर्चश्व रह“दै आएको छ ।


पछिल्लो टेलिभिजन सम्बोधनमा सालेहले संविधान संशोधन गरेर संसदीय व्यवस्थामा जाने र जनमतसंग्रह गर्ने घोषणा गरे पनि प्रदर्शनकारीले त्यसलाई स्वीकार नगर्नुले आन्दोलन अझै चर्किने देखाउ“छ । यसअघि आफू पुनः निर्वाचन नलड्ने सालेहको घोषणालाई पनि प्रदर्शनकारीले अस्वीकार गरिसकेका छन् । दक्षिणमा पृथकतावादी आन्दोलन र उत्तरमा बेला–बेलामा सिया मुस्लिमहरूको आन्दोलनको सामना गरिरहेका सालेहका लागि यो आन्दोलन फलामको च्युरा हु“दै गएको छ ।


साउदीमा जनता सडकमा साउदी अरेबिया कुनै बेला मरुभूमिका नामले चिनिन्थ्यो । अहिले पनि मरुभूमि त उस्तै छ तर आफू“ग भएको अपार तेल भण्डारलाई उपयोग गरेर मध्यपूर्वकै सबभन्दा धनी बन्न सफल यस मुलुकमा राजनीतिक स्वतन्त्रतामाथि पूर्णतः बन्देज लगाइएको छ । नागरिक अधिकारबिनाका कुनै पनि सम्पन्नताले जनतालाई सडकमा निस्किनबाट रोक्न सक्दोरहेनछ भन्ने अहिले साउदीका सडकमा देखिएको आक्रोशबाट बुझ्न सकिन्छ ।


राजतन्त्रको बर्चश्वमा कैद भएको साउदी अरेबियामा राजनीतिक सुधारका लागि धेरै ठूला प्रदर्शनहरू हुन सकिरहेका छैनन् । छरिएर साना–साना झुन्डमा भइरहेका प्रदर्शनबाट पनि राजतन्त्र नराम्ररी झस्केको छ । मार्च ५ मा आन्तरिक सुरक्षासम्बन्धी मन्त्रालयले ‘कुनै पनि खालका प्रदर्शनहरू गर्न नपाइने’ कडा प्रतिबन्ध जारी गरे पनि प्रदर्शनकारीहरूले आफ्नो अभियान रोकेका छैनन् ।


सत्ता र व्यापारमा एकछत्र शासन जमाउ“दै आएको अल साद परिवारको पकडबाट बाहिर निस्किन नसकेको साउदी अरेबियाका राजा अब्दुल्लाह बिन अब्द अल अजिज अल साद ८७ वर्ष पुगिसक्दा पनि सत्तामै छन् । गम्भीर विरामी भएर लामो समय विदेशमा बसेका उनी एक महिनाअघि मात्रै राजधानी रियाद फर्किएका हुन् । ट्युनिसियाबाट दुई महिनअघि लखेटिएका तत्कालीन राष्ट्रपति जिने अल अबिदिने बिन अली यही मुलुकमा निर्वासित छन् ।


बहराइनमा बिद्रोह राजतन्त्रको जा“तोमुनि जोति“दै आएको बहराइनमा पनि जनआन्दोलनको ज्वाला दन्किरहेको छ । आन्दोलनलाई शान्त पार्न राजा हमाद बिन इसा अब खालिफले मन्त्रिपरिषद्मा हेरफेर गरेर राजपरिवारका दुई सदस्यसहित चार मन्त्री हटाएका छन् । साथै, आन्दोलनलाई मत्थर पार्न राजा हमादले जेठा छोरा साल्मनलाई जिम्मेवारी दि“दै प्रदर्शनकारीहरूलाई ‘राष्ट्रिय सम्वाद’ का लागि पनि आग्रह गरेका छन् । तर, बहुसंख्यामा रहेका सिया मुस्लिमहरूले सुन्नी राजाबाट आएको यस आग्रहलाई पनि अस्वीकार गर्दै प्रधानमन्त्री शेख खालिफ इबिन साल्मन अल खालिफको राजीनामाको माग गरिरहेका छन् । राजनीतिक आस्थाका कारण जेलमा राखिएका बन्दीहरूको रिहाइ र नया“ संविधानका लागि वार्ता गर्नुपर्ने अडानमा प्रदर्शनकारीहरू अडिग छन्, जसका अगाडि राजा क्रमशः झुक्दै गएका छन् ।


लिबियामा आन्दोलनकारीलाई साथ दि“दै कर्णेल गद्दाफीलाई सत्ता छोड्न ‘सुझाव दिने’ अमेरिकी राष्ट्रपति ओबामाले बहराइनमा भने मन्त्रिपरिषद्मा हेरफेर हुनासाथ हतार–हतारमा ‘स्वागत’ गरेका छन् । आफ्नो रणनीतिक साझेदार मानिने बहराइनको राजतन्त्रलाई तल–माथि हुन्छ कि भन्ने चिन्ता अहिले अमेरिकालाई परिरहेको छ । आर्थिक व्यवस्थामा कडाइ, राजनीतिक स्वतन्त्रताको अभाव र रोजगारीमा सुन्नीका पक्षमा गरिएको पक्षपातलाई मुख्य आधार बनाएर आन्दोलन भइरहेको छ ।


ओमनमा उस्तै खाडी राष्ट्र ओमनमा पनि जनता सडकमा निस्किएका छन् । पछिल्लो प्रदर्शनमा सुरक्षाकर्मीले गोली प्रहार गर्दै दुईजनाको मृत्यु भएपछि आन्दोलनले चर्को रूप लि“दै गएको छ । औद्योगिक क्षेत्रका रूपमा परिचित सोहार सहर र दक्षिणी सालालह सहरमा भइरहेको निरन्तर प्रदर्शनका छिटा राजधानी मस्कटसम्म पनि आइपुगेका छन् ।


अरबको सबभन्दा पुराना स्वतन्त्र राष्ट्र ओमनमा सुल्तान काबुसले ४१ वर्षदेखि शासन चलाइरहेका छन् । आफ्नै बाबु सुल्तान सैद बिन ताइमुरबाट सन् १९७० मा सत्ता खोसेयता उनले ओमनलाई दुनिया“का सामु एउटा बन्द मुलुकका रूपमा स्थापित गरेका छन्, जहा“ न्यूनतम राजनीतिक र नागरिकहरू अधिकारहरू पनि उपभोग गर्नमा प्रतिबन्ध छ । देखाउनका लागि परामर्शदातृ सभाको निर्वाचन गरिए पनि त्यस निर्वाचनका लागि समेत सबै बालिग मताधिकारका लागि योग्य मानि“दैनन् । यस सभास“ग कुनै कार्यकारी अधिकार छैन र यो केबल सल्लाहकार सभाका रूपमा रहेको छ ।


तेलको धनी यस मुलुकमा भइरहेको राजनीतिक स्वतन्त्रताको मागप्रति बेलायत र अमेरिकाको त्यति धेरै ध्यान गएको छैन । किनभने, ओमन यी दुबै मुलुकको ‘मित्र’ हो र यहा“बाट सबभन्दा बढी तेल पनि यिनै मुलुकले लिन्छन् ।


अल्जेरिया अछूतो रहेन मध्यपूर्वमा आएको जनताको अ“धीबाट सुरुमै प्रभावित हुने मुलुकमध्ये अल्जेरिया पनि एक हो । जनवरीदेखि सुरु भएको आन्दोलनलाई दबाउनका लागि राष्ट्रपति अब्देलाजिज बौटेफ्लिकाले गरेका प्रयत्नहरू सफल हुन सकिरहेका छैनन् । प्रहरी र प्रदर्शनकारीहरूबीच ठाउ“–ठाउ“मा भिडन्तहरू भइरहेका छन् । राजधानी अल्जिर्य जान लागेको ठूलो जनसमूहलाई तत्कालका लागि रोक्न प्रहरी सफल भए पनि जनदवाव तीब्र बनिहरेको छ । खासगरी, खाद्य पदार्थमा भइरहेको लगातारको मूल्य–बृद्धिको मारमा परेका जनताले आफूलाई यस्ता शासक नचाहिने भन्दै तर्क गरिरहेका छन् ।


अल्जेरियाका प्रमुख स्थानहरूमा सन् १९९२ देखि नै संकटकाल लगाइएको छ । जनदवाव बढ्दै गएपछि राष्ट्रपति बौटेफ्लिकाले ‘निकट भविष्यमा’ संकटकाल हटाउने प्रतिबद्धता जनाएका छन् । तर, प्रदर्शनकारीहरूले त्यसबाट चित्त बुझाउन सकिरहेका छैनन् । तेल र ग्यास निर्यातक अल्जेरियामा यही कारणबाट तुलनात्मक रूपमा सरकार धनी छ र यसले सामाजिक समस्याहरूस“ग मुकाबिला पनि गर्दै आएको छ । तर, आक्काशि“दो मह“गीबाट आक्रान्त जनताले अहिले सन् १९९९ देखि सत्तामा रहेका र भर्खरै ९० प्रतिशत मत ल्याएर तेस्रो कार्यकालका लागि निर्वाचित भएका राष्ट्रपति बौटेफ्लिकाका विरुद्ध प्रदर्शन जारी राखेका छन् ।


मोरक्कोमा सुधार माग अरू कतिपय मुलुकमझै“ मोरक्कोमा शासकको राजीनामाको माग गरिएको छैन । फेब्रुअरी २० बाट सडकमा निस्किएका आन्दोलनकारीहरूले राजा मोहम्मद छैटौ“स“ग राजनीतिक तथा आर्थिक सुधारको मुख्य माग राखिरहेका छन् । यसका लागि उनीहरूले नवनिर्वाचित सरकारलाई अधिकारहरू हस्तान्तरण गर्नुपर्ने माग अघि सारेका छन् । त्यहा“ सामान्य झडपहरू भएका छन् ।
तुलनात्मक रूपमा खुला मानिने यस मुलुकमा सामाजिक सञ्जाल ‘फेसबुक’को प्रयोग गरेर युवाहरूले ‘आत्मसम्मान र बृहद् तहको राजनीतिक सुधार’ का लागि आह्वान गरिरहेका छन् । मुलुकको उत्तरतर्फ प्रदर्शनकारीहरूको संख्या बढिरहेको छ । राजा मोहम्मदले आन्दोलनकारीहरूको चित्त बुझाउन केही सामान्य सुधारको घोषणा गरे पनि त्यसले उनीहरूको चित्त बुझेको छैन । खासगरी, केही समयअघि विकिलिक्सले सार्वजनिक गरेको सूचना अनुसार निकै ठूला आर्थिक घोटालाहरूमा राजपरिवारका सदस्य र उनीहरू नजिकका मानिसहरूको संलग्नता देखिएपछि जनतामा आक्रोश तीब्र बन्दै गएको छ । त्यही अभियोगमा केही सरकारी अधिकारीमाथि कारवाही पनि गरिएको छ । बेरोजगारी र गरिबीले आक्रान्त मोरक्कोमा राजतन्त्र निकै शक्तिशाली मानिन्छ ।


क्षति अमेरिकालाई ? मध्यपूर्वको बढ्दो जनप्रदर्शनको अहिले दुनिया“मा समीक्षा भइरहेको छ । यसका कारण र परिणामहरूका बारेमा मानिसहरूका आ–आफ्ना बुझाइहरू छन् । तर, एउटा कुरामा करिब–करिब सहमति देखा परेको छ– लोकतन्त्र र स्वतन्त्रताका लागि भइरहेको यस आन्दोलनबाट सबभन्दा बढी ‘घाटा’ लोकतन्त्रको वकालत गर्ने अमेरिकालाई भएको छ । लोकतन्त्रको आफू अनुकूल व्याख्या गर्न माहिर अमेरिककाकै बलियो आडमा निरंकुश सत्ता टिकाइरहेका होस्नी मुबारकको विदाइपछि ‘सहयोगी जोगाउन नसकेको’ भन्दै ओबामाको अमेरिकामा आलोचना भइरहेको छ । अहिले यमनका राष्ट्रपति अलि अब्दुल्लाह सालेहलाई जोगाउनका लागि अमेरिकाले गरिरहेको भगीरथ प्रयत्नको कारण बुझ्न गाह्रो छैन, न त बहराइनका राजा हमाद बिन इसा अब खालिफले चारजना मन्त्रीलाई हटाउनसाथ त्यसलाई ‘स्वागत’ गर्ने अमेरिकाको नियत नै कसैबाट लुकेको छ । लिबियामा जारी जनआन्दोलनप्रति ‘हार्दिक समर्थन’ गर्ने अमेरिकास“ग आफ्ना सहयोगी मुलुकहरूमा भएका त्यस्तै खालका आन्दोलनहरू हेर्ने भने अलग चश्मा छ ।


अमेरिका अहिले पनि त्रस्त हुनुको अर्को कारण इजरायलको भविष्यलाई लिएर हो । प्यालेस्टेनीहरूको भूमि कब्जा गरेर उनीहरूलाई बेघर बनाएर अमेरिकाले स्थापना गरेको इजरायलप्रति निरंकुश सत्ताहरू अमेरिकाकै कारण सकारात्मक भए पनि आमजनतामा चुलिएको अमेरिकाप्रतिको आक्रोशको तारो अब इजरायल बन्न सक्छ भन्नेमा अमेरिका बढी चिन्तित छ । किनभने, सन् १९७० को ‘क्याम्प डेभिड’ सम्झौतालाई सबभन्दा पहिला समर्थन जनाउने होस्नी मुबारक सत्तामा छैनन् । जहा“–जहा“का शासकहरूलाई अमेरिकाले समर्थन गरिरहेको छ, त्यसका पछाडि पनि यही कारण लुकेको छ ।


अमेरिकाको मुख्य स्वार्थ अरबमा रहेको तेलका कुवामा लुकेको छ । अरबमा भएको तेलका कारण अमेरिका ती देशका शासकहरूस“गको आफ्नो सुमधुर सम्बन्ध खल्बल्याउन चाह“दैन ।


निष्कर्ष
जनता जागेका छन् । अरबमा यसअघि कहिल्यै नदेखिएका दृश्यहरू देखा परेका छन् । बर्षौंदेखि संकटकाल लगाएर शासन गरिरहेका शासकहरूमाथि नै जनताले संकटकालको घोषणा गरेका छन् । सबै ठाउ“मा चाहे जस्तै परिवर्तन नै होला भनेर अहिल्यै घोषणा गर्न नसकिएला । तर, एउटा कुरा निश्चिन्त भएर घोषणा गर्न सकिन्छ– अब ती सत्ताहरू यस्तै रूपमा चल्न सक्ने छैनन् । सडकमै उत्रेर जनताले आफ्नो आवाज निर्धक्कस“ग राख्न थाल्नुले निरंकुश सत्ताहरूलाई खुला चुनौती सिर्जना गरेको छ । स्पष्ट छ– बा“ध फुटेपछि जताबाट सजिलै हुन्छ, पानी त्यतैबाट बग्छ । जहा“ जनताको निर्वाचित शासन हु“दैन, जहा“ आफ्ना कुरा राख्ने जनताका प्रतिनिधि हु“दैनन्, स्वाभाविक छ– त्यहा“ जनता सडकमा निस्किन्छन् । मध्यपूर्वको अहिलेको प्रदर्शन पनि त्यसैको निरन्तरता हो । भित्रभित्रै गुम्सिएका यस क्षेत्रका जनता एकैपल्ट सडकमा आउनुलाई आश्चर्यका रूपमा हेरिए पनि क्षेत्रैभरि निरंकुश शासन प्रणालीमा एकरूपता भए जस्तै जनताको लोकतान्त्रिक
आकांक्षामा पनि एकरूपता छ भन्ने सन्देश यसले दिएको छ ।


लिबिया
कर्णेल मौमर गद्दाफी
उमेरः ६८ वर्ष, सत्तामाः ४१ वर्ष

साउदी अरेबिया
राजा अब्दुल्लाह अल साद
उमेरः ८७ वर्ष, सत्तामाः ६ वर्ष

अल्जेरिया
राष्ट्रपति अब्देलाजिज बौटेफ्लिफा
उमेरः ७३ वर्ष, सत्तामाः १२ वर्ष

मोरक्को
राजा मोहम्मद छैटौ“
उमेरः ४७ वर्ष, सत्तामाः १२ वर्ष

ओमन
सुल्तान काबुस अल साद
उमेरः ७० वर्ष, सत्तामाः ४१ वर्ष

यमन
राष्ट्रपति अलि अब्दुल्लाह सालेह
उमेरः ६४ वर्ष, सत्तामाः ४१ वर्ष

बहराइन
राजा हमाद बिन इसा अब खालिफ
उमेरः ६१ वर्ष, सत्तामाः १२ वर्ष

– नवयुग, चैत २०६७