निकारागुआमा तेस्रोपटक वामपन्थी विजयी


December 23, 2016 2:57 pm
Nabayug

जनता साथमा हुने हो भने कुनै विदेशी शक्तिले विरोध गर्छ वा समर्थन, त्यसले फरक पार्दैन भन्ने उदाहरण भएर उभिएको छ, निकारागुआ । नत्र, ६ डिसेम्बर २०१६ मा आयोजित निर्वाचनबाट डानियल ओर्टेगा तेस्रोपटक राष्ट्र««पतिमा निर्वाचित हुन सक्ने थिएनन् । ७२ प्रतिशत मत हासिल गर्दा पनि वैधानिकता दिन नचाहने विदेशी शक्ति केन्द्रलाई रिझाउन ओर्टेगाले समय खर्च गरेका छैनन्, बरु समय खर्च गरेका छन् त निकारागुआका गरिबका लागि, भूमिहीनका लागि र आम श्रमजीवीका लागि ।


पहिलोपटक सन् १९८४ मा राष्ट्र«पति निर्वाचित हु“दा डानियल ओर्टेगा ३८ वर्षका थिए । जुत्ता सिलाउने पेसाकर्मी पिताका छोरा ओर्टेगाले जे नारा दिएका थिए, त्यहीअनुसार काम गरे अर्थात् सन् १९७९ मा सत्ताबाट हटाइएको समोजा परिवारको सम्पत्ति राष्ट्रियकरण गरे, जमिनको हदबन्दी तोकेर भूमिहीनलाई भूमि बा“डे, उद्योगधन्दामा निजी क्षेत्रको दबदबा तोडे र राज्यलाई सामाजिक न्यायमा आधारित बनाउन कोसिस गरे । देशभित्र त उनी लोकप्रिय नै थिए, विदेशी शक्तिलाई यो कुरा मन परेको थिएन । फलतः सन् १९९० मा आयोजित निर्वाचनमा ओर्टेगालाई जित्न दिइएन र दक्षिणपन्थी नेसनल अपोजिसन युनियनका भियोलेटा चामोरोलाई जिताइयो । त्यसपछि सत्तामा दक्षिणपन्थीको गठजोड बलियो हु“दै गयो र सन् १९९६ मा आयोजित निर्वाचनमा अर्नेल्डो अलोमनस“ग ओर्टेगा पराजित भए ।

सन् २००१ मा लिबरल पार्टीका एनरिक बोलानोसलाई पनि ओर्टेगाले हराउन सकेनन् । तब, निकारागुआको सत्तामा आर्थिक बेथिति यसरी बढ्यो कि त्यसबाट बहुसङ्ख्यक जनता आजित भए र एकाएक ओर्टेगाका पक्षमा जनमत बढ्दै गयो । पूर्वराष्ट्र««पति अलेमानलाई एम्नेस्टी इन्टरनेसनलले ‘विश्वका नवौ“ भ्रष्ट शासक’ का रूपमा सार्वजनिक ग¥यो । सन् २००६ मा आयोजित निर्वाचनबाट सत्तामा फर्केका ओर्टेगाले दोस्रोपटक सन् २०११ मा पनि लोकप्रिय मत हासिल गरेर निर्वाचन जितेका थिए ।डानियल ओर्टेगा एकजना वामपन्थी योद्धा हुन्, जसले नेतृत्व गरेको दल सान्डिनिस्टा नेसनल लिबरेसन फ्रन्ट (एसएनएलएफ) ले सन् १९७९ मा निकारागुआलाई तानाशाह सोमोजाको पारिवारिक शासनस“ग लडेर मुक्त गरेको थियो ।


सन् १८६० सम्म बेलायती उपनिवेशनमा रहेको निकारागुआको इतिहास राष्ट्रिय मुक्ति युद्ध र तानाशाहीविरुद्ध लडिएको युद्धको जगमा उभिएको छ । १८९३ मा सैनिक जनरल जोसे सान्टोस जिलायाले कब्जा गरेको सत्तालाई सन् १९०९ मा अमेरिकी सहयोगमा पलट गरियो र सन् १९२५ सम्म त्यहा“ अमेरिकी सैनिक बेस रह्यो । अगस्टो सिजर सान्डिनियोको नेतृत्वमा अमेरिकी सैनिक बेसका विरुद्ध जारी सशस्त्र सङ्घर्ष दमन गर्न निकारागुआको सेना नेसनल गार्डका कमान्डर जनरल अनास्टासियो सोमोजा गार्सियाले उनको हत्या गरे र शासन हातमा लिए ।
सन् १९३७ मा आयोजित निर्वाचनबाट तिनै जनरल आनास्टासियो सोमोजा गार्सिया निकारागुआको राष्ट्र«पतिमा निर्वाचित भए । त्यसयता उनले लोकतान्त्रिक व्यवस्था निलम्बन गरे र आफ्नो पारिवारिक शासन स्थापना गरे, जुन ४४ वर्षसम्म चल्यो । जनरल सोमोजाको मरण पनि सहज भएन, सन् १९५६ मा उनको हत्या भयो । तर, राजतन्त्रमा झै“ उनका छोरा लुइस सोमोजा डिबाइलले शासन सत्ता सम्हाले । ११ वर्ष सत्तामा बसेपछि सन् १९६७ मा लुइसको निधन भयो र उनका भाइ अनास्टासियो सोमोजाले राष्ट्र«पतिका रूपमा पारिवारिक बिरासतलाई निरन्तरता थिए ।


यही बीचमा सैनिक र पारिवारिक शासन अन्त्य गर्न सन् १९६१ मा गठन भएको थियो, वामपन्थी दल सान्डिनिस्टा नेसनल लिबरेसन फ्रन्ट । सन् १९७८ मा विपक्षी नेता पेड्रो ज्याकिन चामोरोको हत्या भएपछि निकारागुआमा फरक परिस्थिति देखियो । सोमोजा तानाशाहीलाई हटाउन छुट्टाछुट्टै सङ्घर्ष गरिरहेका सान्डिनिस्टा र डमोक्रेटिक लिबरेसन युनियन एकै ठाउ“मा उभिए । संयुक्त सङ्घर्षका अगाडि सोमोजा धेरै टिक्न सकेनन् र सन् १९७९ मा पारिवारिक शासन समाप्त भयो । तर, निकारागुआमा युद्ध समाप्त भएन । एकाएक सान्डिनिस्टा अगाडि आएको अमेरिकालाई मन परेको थिएन । त्यही भएर उसले कोन्ट्रा विद्रोहीलाई उचाल्यो र दुई पक्षबीच लगातारजस्तो सशस्त्र सङ्घर्ष जारी रह्यो । ओर्टेगा राष्ट्रपति निर्वाचित भइसकेपछि सन् १९८८ मा कोन्ट्रा विद्रोहीस“ग शान्ति सम्झौतामा हस्ताक्षर भएयता निकारागुआमा आम रूपमा शान्ति कायम भएको छ ।


६५ प्रतिशतभन्दा बढी नागरिकले भाग लिएको राष्ट्र«पतीय तथा संसदीय निर्वाचन दुवैमा सान्डिनिस्टाले दुई तिहाइभन्दा बढी विजय हासिल गरेपछि त्यसलाई विवादित बनाउन प्रयास जारी छ । तर, जनताको अपार शक्ति साथमा भएका राष्ट्र«पति ओर्टेगा तथा उपराष्ट्र«पति रोरासियो मुरिलो दुवैले आफ्ना सुधारका कार्यक्रम जारी राखेका छन् । बाल्यकालदेखि नै सान्डिनिस्टा आन्दोलनमा सक्रिय उनीहरू दुबै पति–पत्नी हुन् ।


– नवयुग, पुस २०७३