देउवामाथि विष्णु रिजालको व्यङ्ग्य : चिठ्ठा परेका प्रधानमन्त्रीलाई कुनै हतार छैन
नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री शेर बहादुर देउवालाई कुनै हतार नभएको बताएका छन् । रिजालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
सरकारलाई पूर्णतासम्म दिन नसकेकोमा रिजालले देउवामाथि व्यङ्ग्य गर्दै उनलाई कुनै हतार नभएको बताएका हुन् । रिजाल लेख्छन्, ‘शेर बहादुर देउवालाई कुनै हतार छैन । किनकि, उहाँ चुनाव जितेर प्रम भएको होइन, कम्युनिस्टको झगडा र परमादेशबाट चिठ्ठा परेको हो ।’
रिजालले सरकार गठन भएको २७ दिनसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै देउवामाथि व्यङ्ग्य गरेका हुन् । महामारीको बेलासमेत सरकारले कुनै काम गर्न नसकेको रिजालको आरोप छ ।
रिजालले लेखेका छन्, ‘२७ दिनसम्म मन्त्रिपरिषद् बनेन । महामारीको यस्तो अवस्थामा एक महिनासम्म एक डोज खोप, एउटा भेन्टिलेटर र आइसियू थपिएन, सरकारले आफ्नो कुनै नीति सार्वजनिक गरेन ।
फरकधार: देउवामाथि विष्णु रिजालको व्यङ्ग्य : चिठ्ठा परेका प्रधानमन्त्रीलाई कुनै हतार छैन